Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउँछौं : प्रधानमन्त्री ओली

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउँछौं : प्रधानमन्त्री ओली

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने गरी सरकारले काम गरिरहेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा भएको प्रश्नोत्तरमा एमाले सांसद वासुदेव घिमिरेले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विमान सेवा प्रदायक कम्पनीलाई प्रोत्साहनका कार्यक्रम ल्याएर भएपनि विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने बताए ।

देखाउनका लागि नभई चलाउनका लागि विमानस्थल बनाइएकाले दिगो ढंगले सञ्चालन गर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले भने,‘विमानस्थल देखाउनका लागि होइन चलाउनका लागि बनाएको हो, चलाइन्छ । चलाउने भनेको अस्थायी होइन । दिगो ढंगले चलाइन्छ।यसका लागि विमानस्थलमा सुविधा थपिएको छ । यात्रुको सेवा शुल्क, पार्किङ, ग्राउन्ड ह्यान्डलिङ लगायतका छुटमार्फत प्रोत्साहनका कार्यक्रम ल्याइएको छ ।’

नेपाल एयरलाइन्स, फलाइ दुबई, अलजजिरालगायतले अहिले उडान भरिरहेको र भविष्यमा पूर्ण क्षमतामा सञ्चालन गरिने प्रधानमन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077