Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तयारी छैन : प्रधानमन्त्री ओली

लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तयारी छैन : प्रधानमन्त्री ओली

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तयारी नभएको बताएका छन्।

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राप्रपा सांसद बुद्धिमान तामाङले सोधेको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

राप्रपा सांसद तामाङले लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणमा प्रधानमन्त्रीज्यू कहिले जानुहुन्छ ? भ्रमणको कुनै कार्यक्रम बनेको छ कि छैन भन्दै प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले अहिले तत्काल योजना नबनेको बताए ।

प्रधानमन्त्री ओलीले सांसद तामाङलाई प्रतिप्रश्न गर्दै भने,‘माननीयज्यूको योजना बनेको छ कि के हो ? योजना बनेको भए राम्रो कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077