Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

प्रधानमन्त्री ‌ओलीले भने - ईपीजी प्रतिवेदन दुवै देशको समझदारीमा बुझ्छौं

प्रधानमन्त्री ‌ओलीले भने - ईपीजी प्रतिवेदन दुवै देशको समझदारीमा बुझ्छौं

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको ईपीजीको प्रतिवेदन दुवै पक्षको समझदारीमार्फत बुझ्न सरकार प्रयत्नशील रहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले ईपीजी प्रतिवेदन दुवै देशको समझदारी र सहमतिमा बुझ्ने बताए।

सांसद बुद्धिमान तामाङको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले ईपीजी प्रतिवेदन बुझ्ने सम्बन्धमा यसअघिका भेटघाटमा मित्रराष्ट्र भारत सरकारको उच्च तहमा यो विषय उठाइएको पनि जानकारी दिए ।

अन्य सन्दर्भमा कूटनीतिक पहल भइरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले ईपीजी समूहले नै सुरुमा भारतका प्रधानमन्त्रीलाई र त्यसपछि मात्र नेपालका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने समझदारी भएको बताए।

समझदारीबाट नै समाधान खोजिने भन्दै उनले त्यसले औंल्याउने समस्या एकतर्फले बुझेर र एकतर्फ मात्र कार्यान्वयन गरेर नहुने भनाइ राखे।

नेपालको चुच्चे नक्साको विषयमा जवाफ दिँदै उनले सन् १९६२ अघिसम्म नेपालको अधीनमा रहेको भूभागको नक्सा हाल कायम रहेको नक्सा नै यथार्थ भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077