Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

गिरिजाप्रसादको भरोसा र सुझाव कहिल्यै बिर्सिन्न : प्रचण्ड

गिरिजाप्रसादको भरोसा र सुझाव कहिल्यै बिर्सिन्न : प्रचण्ड

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भरोसा र सुझावलाई नबिर्सिने बताएका छन् ।

१५ औं स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त गर्दै उनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।

कोइरालाले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाका लागि म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै नबिर्सने उनले बताए ।

'नेपालको शान्ति सम्झौताका हस्ताक्षरकर्ता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका एक प्रमुख नेता दिवंगत गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धा एवं सम्मान प्रकट गर्दछु', उनले लेखेका छन्, 'उहाँले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाका लागि म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन। त्यसका लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्धतासहित उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077