ताप्लेजुङ । ताप्लेजुङ प्रहरीको नियन्त्रणमा रहेका नो केबलकार समूहका १८ जना धरौटीमा रिहा भएका छन् ।
केबलकारविरुद्धको आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई जिल्ला अदालत ताप्लेजुङको आदेशअनुसार धरौटीमा रिहा गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङकाका अनुसार पक्राउ परेका १८ जना सबैले जनही २० हजार रुपैयाँका दरले घरौटी रकम बुझाएर रिहा भए ।
बिहीबार रिहा हुनेहरु पाथीभरा केबलकार विरोधका क्रममा गत फागुन ८ गते पाथीभरा क्षेत्रको काफ्लेपाटी र १० गते सदरमुकाम फुङ्लिङमा गरिएको प्रदर्शनमा आपराधिक उपद्रव र हुलदङ्गा गरेको आरोपमा पक्राउ परेका थिए।
गत फागुन १० र १२ गते पक्राउ परेकाहरुलाई जिल्ला अदालतको थुनछेक बहसपछि भएको आदेशअनुसार धरौटीमा रिहा गरिएको प्रहरीले जनाएको छ । रिहाइ हुनेमा पाँचजना महिला र अन्य पुरुष रहेका छन् ।