Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

भाटभटेनीले भन्यो - ‘अवैध भेप’ प्रकरणमा कुनै संलग्नता छैन, अनुसन्धान होस्

भाटभटेनीले भन्यो - ‘अवैध भेप’ प्रकरणमा कुनै संलग्नता छैन, अनुसन्धान होस्

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । भाटभटेनी सुपरमार्केटले ‘अवैध भेप’ प्रकरणमा संस्थाको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरु गंगा कार्की र मनिष झाले सिन्धुपाल्चोकमा ट्रकबाट नियन्त्रणमा लिइएको अवैध भेप भाटभटेनीको रहेको आरोप लगाएका थिए ।

तर अध्यक्ष मिनबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै उक्त कुरा स्पष्ट पारेका हुन् । विज्ञप्तिमा गुरुङले भनेका छन्, ‘तातोपानीबाट शिल गरिएको कन्टेनरका चालकले आफू बस्ने सिटमुनी राखी ल्याएको ‘अवैध भेप’सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको हुनाले भाटभटेनीको भनी जनताका प्रतिनिधिले नै ‘ठोकुवा गर्नु’ खेदजनक कार्य हो ।’

भाटभटेनीले कर्पोरेट संस्थाको बारेमा फैलाइएको कपोलकल्पित, भ्रामक सूचनाको पछि नलाग्न पनि अनुरोध गरेको छ ।

उनले एक विज्ञप्ति पनि जारी गरिएको उल्लेख गर्दै पक्राउ परेका चालकलाई अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077