काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किंदै छिन् । गत फागुन २६ देखि भारत भ्रमणमा रहेकी उनी आज नेपाल फर्किंन लागेकी हुन् ।
भारतको राजधानी दिल्लीस्थित नेपाली दूतावासका अनुसार उनी आज दिउँसो १२ बजे काठमाडौँ प्रस्थान गर्ने छिन् ।
धार्मिक भ्रमणका सिलसिलामा फागुन २६ गते भारत प्रस्थान गरेकी परराष्ट्रमन्त्री राणा भारतीय विदेश मन्त्रालयले चैत ४ देखि नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रममा सहभागी भएकी थिइन्।
त्यस क्रममा उनले चैत ५ गते भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेकी थिइन् ।