Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

पीकेमा स्वतन्त्रको प्यानलै विजयी

पीकेमा स्वतन्त्रको प्यानलै विजयी

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको प्यानल नै विजयी भएको छ।

नेविसंघले टिकट नदिएपछि बागी उम्मेदवार बनेकी भूपेश्वरी ऐर नेतृत्वको प्यानल नै स्ववियुमा विजयी भएको हो । ऐर कांग्रेसका महामन्त्री गगन थापा निकट मानिन्छिन् ।

अध्यक्षमा ऐरले ७३० मत पाउँदा नेविसंघकी आधिकारिक उम्मेदवार पूर्णिमा परियारले ३७९ मत मात्रै प्राप्त गरेकी हुन् । ऐर स्ववियुको निवर्तमान सचिवसमेत हुन् ।

यस्तै सचिवमा सन्ध्या बस्याल, कोषाध्यक्षमा संकल्पिका थापा विजयी भएका छन् । सदस्य पदमा उर्वसी पाण्डे, चेतना नहर्की, अस्मिता विश्वकर्मा, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की, यानसु कटुवाल निर्वाचित भइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077