Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

युट्युब भिडिओ हेरेर एक युवकले आफ्नै पेटको शल्यक्रिया गरेपछि...

युट्युब भिडिओ हेरेर एक युवकले आफ्नै पेटको शल्यक्रिया गरेपछि...

शुक्रवार , चैत्र ७, २०८१

एजेन्सी । भारतमा एक युवकले युट्युब भिडिओ हेरेर आफ्नो पेटको शल्यक्रिया गरेको घटना सार्वजनिक भएको छ।

भारतको उत्तरप्रदेशस्थित मथुराका ३२ वर्षीय राजा बाबु नाम गरेका एक युवकले युट्युब भिडिओ हेरेर आफ्नो पेटको शल्यक्रिया आफै गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार वाणिज्यशास्त्रमा स्नातक गरेका ती युवक केही महिनायता पेटको समस्याबाट पीडित थिए। अत्यधिक पेट दुख्ने समस्या भएपछि उनी डाक्टरलाई देखाउन पनि गएका थिए।

तर उनको रोग नै पत्ता नलागेपछि घरमै आराम गरिरहेका थिए। दुखाइ बढ्दै गएको अवस्था र रोग पनि पत्ता नलागेपछि उनले युट्युबमा पेटको शल्यक्रियासम्बन्धी ट्युटोरियल भिडिओ हेरेर समस्या थाहा पाउन आफै शल्यक्रिया गरेर हेर्ने निष्कर्षमा पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

त्यसपछि उनले सर्जिकल ब्लेड, लठ्याउने सुई र टाँका लगाउने धागोलगायत आवश्यक सामग्रीहरू औषधी पसलबाट किनेर ल्याएका थिए। ती सामानहरू किनेपछि बुधबार कोठाभित्र बसेर उनले युट्युब भिडिओमा सिकाएअनुसार गरी आफ्नै पेट काटेका थिए।

राजाबाबुले आफ्नो पेट सात इन्च काटेपछि टाँका लगाएका थिए। पेट काटेपछि के गरे भन्ने विषय चाहीँ खुलेको छैन। केही बेरमा लठ्याउने औषधीले काम गर्न छाडेपछि अहस्य भएर उनी कोठाभित्रै चिच्याएका थिए।

त्यसपछि घरमा रहेका परिवारका अन्य सदस्यले राजाबाबुलाई गम्भीर अवस्थामा जिल्ला अस्पताल पुर्‍याएका थिए। अस्पतालले संक्रमण फैलिसकेको हुनसक्ने बताएर प्राथमिक उपचारपश्चात एसएन मेडिकल कलेज आग्रा रेफर गरेको थियो। उपचारपछि उनी अहिले सामान्य बोल्न सक्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077