Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पुगे रवि लामिछाने

जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पुगे रवि लामिछाने

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका छन्।

आफूसँग धरौटी माग्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका हुन्।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

आदेशअनुसार लामिछानेले धरौटी बुझाएर छाडेका थिए। त्यसविरूद्ध लामिछाने शुक्रबार उच्च अदालत पाटनमा पुगेका हुन्।

यही कसुरमा उच्च सरकारी वकिलको कार्यालय पाटनले पनि लामिछानेसहित सहकारीकी सदस्य सुनिता नेवा, कमल लामा र छविलाल जोशीलाई थुनामै राख्न माग राखेर निवेदन दर्ता गरिसकेको छ।

जिल्ला अदालतले छविलालसँग ५० लाख रुपैयाँ, सुनितासँग ४ लाख रुपैयाँ र कमलसँग ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो। लामिछानेले कास्की र रूपन्देही जिल्ला अदालतकाे आदेशविरुद्ध यसअघि नै पुनरावेदन निवेदन दर्ता गराइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077