Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

आगामी निर्वाचनसम्म प्रधानमन्त्री हुने दौडमा छैन : प्रचण्ड

आगामी निर्वाचनसम्म प्रधानमन्त्री हुने दौडमा छैन : प्रचण्ड

शुक्रवार , चैत्र ७, २०८१

वीरगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले २०८४ सालसम्म प्रधानमन्त्री हुने दौडमा नरहेको बताएका छन्।

शुक्रबार वीरगञ्जमा बोल्दै अध्यक्ष प्रचण्डले आफू २०८४ सम्म जनताकै साथमा रहने बताएका हुन्।

उनले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाए। अध्यक्ष प्रचण्डले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए ।

अध्यक्ष प्रचण्डले भने,‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ । उहाँहरूको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ । राम्रो काम गर्नेहरुलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो । त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ।’

उनले वर्तमान सरकारले भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने काम गरिरहेको आरोप लगाए ।

अध्यक्ष प्रचण्डले सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्नेकुरा माओवादीलाई लागु नहुने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077