Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

सरकारको लाज छोप्न अदालत धाउँदैछु : रवि लामिछाने

सरकारको लाज छोप्न अदालत धाउँदैछु : रवि लामिछाने

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको लाज छोप्नका लागि अदालत धाइरहेको बताएका छन्।

उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंले ६० लाख रुपैयाँ धरौटी मागको आदेश बदर गर्न निवेदन दर्ता गराएपछि बोल्दै सभापति लामिछानेले सो कुरा बताएका हुन् ।

उनले सरकारको लाज छोप्नका लागि आफू अदालत धाइरहेको बताए।

सभापति लामिछानेले भने,‘सरकार अहिले नांगिएको हुनाले लाज छोप्नका लागि म अदालत घुमिरहेको छु। सरकारको लाज छोप्दिनुपर्नेछ। म ठाउँठाउँमा पुग्नुपर्नेछ। समय आउँदैछ। सबैलाई तयार हुनका लागि भन्न चाहन्छु। गेट रेडी फर द रेभुलेसन।’

दुई तिहाइको सरकारले समस्याको समाधान गर्ने बाचा गरे पनि कुनै विषम परिस्थिति बिना नै मिलेको हुँदा यसले भयावहको स्थिति निर्माण गर्नेबारे पनि संसदमा बोलेको बताए।

उनले आफू बोले दुई तिहाइको सरकारलाई अप्ठ्यारो पर्ने पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077