Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

परराष्ट्रमन्त्री राणा भन्छिन् - भारतले पनि नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको छ

परराष्ट्रमन्त्री राणा भन्छिन् - भारतले पनि नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको छ

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय पक्षले पनि नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी छन्।

भारत भ्रमण सकाएर स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले सो कुरा बताएकी हुन्। उनले भारतीय पक्ष लोकतन्त्रकै पक्षमा रहेको बताइन्।

नेपालमा राजावादी सक्रिय भइरहेका बेला मन्त्री राणाले भारतीय पक्षको सन्देश नेपालमा लोकतन्त्र नै रहेको स्पष्ट पारेकी हुन्।

मन्त्री राणाले भनिन्, 'भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि उहाँहरूले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको मैले पाएँ। अहिले सरकारसँग भारतीय निकायहरू जोडिरहनुभएको छ। सरकार नै परिवर्तन गर्ने, व्यवस्था न परिवर्तन गर्ने खालको आशय उहाँहरूमा मैले देखिनँ। '

उनले राइसिना डायलग कार्यक्रममा नेपालको पक्षमा वकालत गरेको र विभिन्न साइडलाइन वार्ताहरू पनि गरेको बताइन्।

उनले विपिन जोशीको रिहाइका लागि अमेरिकादेखि युरोप र एसियाका विभिन्न देशका सरकारका प्रतिनिधिहरूसँग छलफल गरेको बताइन्।

अमेरिकाबाट आउने आर्थिक सहायताका विषयमा पनि त्यहाँका प्रतिनिधिसँग आग्रह गरिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077