Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

८४ को चुनावमा एकढिक्का भएर जानुपर्छ : शेखर कोइराला

८४ को चुनावमा एकढिक्का भएर जानुपर्छ : शेखर कोइराला

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले २०८४ को चुनावमा एकढिक्का भएर जानुपर्ने बताएका छन् ।

कांग्रेस मोरङ-काठमाडौं सम्पर्क समितिले बत्तिसपुतलीमा गरेको अन्तर्क्रियामा बोल्दै नेता कोइरालाले सो कुरा बताएका हुन् ।

उनले कांग्रेसले एक्लै पनि चुनाव लड्न सक्छ भन्ने भाष्य सिर्जना गर्नुपर्ने बताए ।

त्यस्तै, नेता कोइरालाले २०८२ को मंसिर मसान्तभित्रै पार्टीको १५ औं महाधिवेशन हुनुपर्ने बताए। कोइरालाले समयमै महाधिवेशन गर्न दबाब दिनुपर्ने बताए।

उनले पार्टीलाई महाधिवेशनले चलायमान बनाउने पनि बताए। उनले २०७८ को मंसिरमा १४ औं महाधिवेशन भएकोले त्यसको चार वर्षमा महाधिवेशन हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077