Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

देश विकासको बाटोमा अघि बढिरहेको गगन थापाको दाबी

देश विकासको बाटोमा अघि बढिरहेको गगन थापाको दाबी

शुक्रवार , चैत्र ७, २०८१

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय देश विकासको बाटोमा अघि बढिरहेको दाबी गरेका छन् ।

पश्चिम नवलपरासीको परासीमा आज आयोजित कांग्रेस नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं २ को पहिलो क्षेत्रीय सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् ।

उनले स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, सामाजिक, आर्थिक र भौतिक पूर्वाधारजस्ता क्षेत्रमा विकास भइरहेको बताए ।

उनले भने, ‘२०४६ सालपछि देशमा स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, सामाजिक, आर्थिक र भौतिक पूर्वाधारजस्ता क्षेत्रमा धेरै विकास भएको छ। हामीले केही भएको छैन भन्नुभन्दा विकासले गति लिइरहेको छ भन्नु जरुरी छ।’

नेपाली युवालाई देशमा विकास भएको छैन भन्ने गलत सन्देश कसैले दिन नहुने बताउँदै थापाले युवाका लागि स्वरोजगारका अवसर बनाएर विदेश पलायन रोक्न सबैले सहकार्य र समन्वय गर्नुपर्ने कुरामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077