Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

गणतन्त्रको पक्षमा जनमत सृजना गर्ने एकीकृत समाजवादीको निर्णय

गणतन्त्रको पक्षमा जनमत सृजना गर्ने एकीकृत समाजवादीको निर्णय

शनिवार , चैत्र ८, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) उपत्यका प्रदेश कमिटीले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पक्षमा जनमत सृजना गर्ने निर्णय गरेको छ ।

आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा प्रतिगामी शक्तिका विरुद्ध संघर्षको तयारी गर्ने निर्णय गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

मुलुकको समसामयिक राजनीतिक विषयवस्तु तथा पछिल्लो विकासित घटनाक्रमका बारेमा आज समीक्षा गरिएको बताउँदै उनले गणतन्त्रको पक्षमा रहेका सबै दलसँग भेटघाट, छलफल र वार्ता गरी समन्वय गर्न बैठकले पार्टी केन्द्रलाई आग्रह गरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077