जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज जनकपुरमा खबरदारी सभा गर्ने भएको छ ।
राप्रपाले आज मधेश प्रदेशको जनकपुरस्थित तिरहुतिया गाछीमा बिहान ११ बजे सभा गर्न लागेको हो ।
राप्रपा वर्तमान सरकारविरुद्ध देशका मुख्य शहरहरूमा खबरदारी सभा गर्दै आएको छ ।
राप्रपाले यसअघि गण्डकीको पोखरा र कर्णालीको सुर्खेतमा खबरदारी सभा गरिसकेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सम्बोधन र फागुन २५ गते पोखराबाट काठमाडौं आगमन पछि हौसिएका राजावादीहरू देशैभर अभियान चलाइरहेका छन् ।