Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

बाबुराम भट्टराई भन्छन् - राजाको पालामा अहिले भन्दा तीन गुणा बढी भ्रष्टाचार हुन्थ्यो

बाबुराम भट्टराई भन्छन् - राजाको पालामा अहिले भन्दा तीन गुणा बढी भ्रष्टाचार हुन्थ्यो

शनिवार , चैत्र ८, २०८१

धनुषा । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राणा र राजाहरूको पालामा अहिले भन्दा तीन गुणा बढी भ्रष्टाचार हुने गरेको बताएका छन् ।

जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् । भ्रष्टाचार भए पनि बन्द व्यवस्थाका कारण उनीहरूका गलत काम जनतासम्म पुग्न नदिने गरेको अध्यक्ष भट्टराईले बताए।

अध्यक्ष भट्टराईले भने, ‘आजभन्दा तीन गुणा बढी भ्रष्टाचार राजा र राणाहरूको पालामा हुन्थ्यो। तर उनीहरू त्यति कुटिल थिए कि तिनका गलत कामहरू जनतासम्म पुग्नै दिँदैनथे।’

त्यतिबेला आफ्ना गलत अभ्यास लुकाउन नागरिकलाई शिक्षाको अवसरबाट समेत बञ्चित गर्ने गरिएको उनले बताए ।

राजतन्त्रलाई भूतको संज्ञा दिंदै भट्टराईले भ्रम बोकेर हिंड्न नहुने बताए। लोकतन्त्रको रक्षा सबै मिलेर गर्नुपर्ने र पछाडि फर्कन नहुनेमा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077