Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कांग्रेस र एमाले भ्रष्टाचारीको संरक्षणमा केन्द्रित छन् : प्रचण्ड

कांग्रेस र एमाले भ्रष्टाचारीको संरक्षणमा केन्द्रित छन् : प्रचण्ड

शनिवार , चैत्र ८, २०८१

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादीहरू सबै एकै ठाउँमा हुने प्रक्रिया सुरु भइसकेको बताएका छन् ।

तराई–मधेश जागरण अभियानअन्तर्गत चितवनमा आज आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले माओवादीहरूमात्रै नभई समाजवादी मोर्चालाई पनि एउटै केन्द्र बनाउने प्रयास भइरहेको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘माओवादीहरूलाई एकताबद्ध गर्न के गर्नुपर्छ, सके जति सबै गर्छु मैले, माओवादीमात्रै होइन, पर्सि समाजवादी मोर्चाको कार्यक्रम हुँदैछ । त्यसलाई पनि एउटै केन्द्रमा ल्याउने मेरो कोसिस छ ।’

उनले अहिले विद्यार्थी चुनावमा कांग्रेस र एमाले निकट विद्यार्थी सङ्गठनहरू मिल्दा पनि क्रान्तिकारीले सखाप पार्न सफल भएको बताए ।

कांग्रेस र एमाले अहिले भ्रष्टाचारीको संरक्षणमा केन्द्रित रहेको अध्यक्ष प्रचण्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077