Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

राजावादीलाई लक्षित गर्दै विश्वप्रकाशले भने - तपाईंहरुको जनमत स्ववियु चुनावमा देखियो

राजावादीलाई लक्षित गर्दै विश्वप्रकाशले भने - तपाईंहरुको जनमत स्ववियु चुनावमा देखियो

शनिवार , चैत्र ८, २०८१

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादीहरुको जनमत स्ववियु चुनावमा देखिसकेकाले अब भ्रममा नबस्न आग्रह गरेका छन् ।

तनहुँमा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि त्यस्तो कुनै भ्रम नपाल्न आग्रह गरेका हुन्।

उनले चैत ५ गतेको प्रदर्शन सडकमा निस्किएर नाराजुलुस भएर होइन, यो देशका सचेत विद्यार्थीहरु पढ्दै गरेको कलेजमा लिएको मतपत्रको प्रदर्शन काठमाडौंमा भएको प्रदर्शनभन्दा ठूलो हो कि होइन भन्दै प्रश्न गरे।

स्ववियु चुनावमै देशको जनमत कता छ भन्ने प्रस्ट भएको महामन्त्री शर्माले बताए । एक जनालाई श्रीपेच लगाएर राजा राख्नेबित्तिकै देशको कल्याण नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077