Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

गणतन्त्रको जग बलियो छ, कसैले हल्लाउन सक्दैन : विमलेन्द्र निधी

गणतन्त्रको जग बलियो छ, कसैले हल्लाउन सक्दैन : विमलेन्द्र निधी

शनिवार , चैत्र ८, २०८१

जनकपुर । नेपाली कांग्रेसका नेता तथा सांसद विमलेन्द्र निधीले अब नेपालमा राजतन्त्र र राणाशाही फर्कन नसक्ने बताएका छन् ।

शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा राजतन्त्र फर्किन्छ भन्ने हल्ला फैलाइएको भए पनि इतिहास फेरिन नसक्ने दाबी गरे ।

सांसद निधीले भने, ‘नेपालमा राजतन्त्र समाप्त भइसकेको छ। जनताद्वारा निर्वाचित सार्वभौम संसदले राजतन्त्रलाई अस्वीकृत गरिसकेको छ। ज्ञानेन्द्र शाह नेपालका अन्तिम राजा हुन्। गणतन्त्रको जग बलियो छ, यो कसैले हल्लाउन सक्दैन।’

उनले अन्य देशमा राजतन्त्रको अन्त्य हुँदा राजाहरुको कस्तो दुर्गति भएको छ भन्ने उदाहरण दिँदै नेपालमा समेत यस्ता प्रयास सफल नहुने बताए । उनले राजालाई आफ्नो सीमा बुझ्न अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077