रुपन्देही । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपालबाट राजतन्त्र घाटमा सेलाइसकेकाले त्यो ब्यूँझिएर आउन सम्भव नरहेको बताएका छन् ।
नेकपा एकीकृत समाजवादी रुपन्देहीको १० औं जिल्ला अधिवेशनको शनिबार उद्घाटन समारोहलाई बुटवलमा सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् ।
उनले राजनीतिले सही दिशा लिन नसक्दा पुनर्उत्थानवादी शक्तिहरू सल्बलाएको बताए ।
पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र उनको समर्थनमा भएका प्रदर्शनतर्फ लक्षित गर्दै भुसालले अब त्यस्ता शक्तिलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेपको आवश्यकता रहेको बताए ।