Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कसैले हल्ला गर्दैमा गणतन्त्र र संघीयता जाँदैन : कृष्ण सिटौला

कसैले हल्ला गर्दैमा गणतन्त्र र संघीयता जाँदैन : कृष्ण सिटौला

शनिवार , चैत्र ८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले मुलुकमा आएको गणतन्त्र र सङ्घीयतासहितका परिवर्तन कसैले हल्ला गरेर नजाने दाबी गरेका छन् ।

पार्टीको पूर्वआप्रवासी समन्वय विभागले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले परिवर्तनबाट पछि फर्किन नसकिने बताए । उनले भने, 'परिवर्तन नै जान्छ कि जस्तो, गणतन्त्र नै जान्छ कि जस्तो, गणतन्त्र आएकै दिनदेखि त्यो देखिएकै हो। राजाका विरुद्ध बोल्नै नपाइने, संसद्‌मा प्रश्न उठाउनै नपाइने अवस्था थियो। दरबारको प्रशासन राजाकै पहुँचमा थियो, त्यही अवस्थामा वीरेन्द्रको वंशनाश भयो, त्यो बेला नै राजालाई संसद् मातहत राखेको भए सायद त्यस्तो घटना पनि हुने थिएन होला।'

गणतन्त्रको प्राप्तिपछि जनताले स्वतन्त्रताको अनुभूति गर्न पाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077