काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले जनमत पार्टीसँग एकीकरण गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
काठमाडौंमा बसेको पार्टीको दुई दिने केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा सदस्य गंगाराम चौधरीको संयोजकत्वमा कार्यदल बनाएको हो । सदस्यमा सुनिता चौधरी र रामलाल डंगौरा रहेका छन्।
यसअघि फागुन अन्तिम साता बसेको जनमतको केन्द्रीय समितिको बैठकले नाउपासँग पार्टी एकीकरणका लागि कार्यदल बनाएको थियो।
कार्यदलमा प्रतिनिधिसभा सदस्य अब्दुल खान संयोजक र डा। शरदसिंह याव र बालगोविन्द चौधरी सदस्य छन् ।