Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

कांग्रेस सर्लाहीका सभापतिलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन

कांग्रेस सर्लाहीका सभापतिलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन

आइतवार , चैत्र ९, २०८१

सर्लाही । नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापतिलाई बर्खास्त गर्न माग गर्दै कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन्।

भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरिसकेका सभापति सुरेन्द्रप्रसाद सिंहलाई पदमुक्त गर्न माग राख्दै कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।

सभापति सिंहले पार्टीको नीतिविपरीत कार्य गरेकाले राजीनामा दिनुपर्ने उनीहरूको माग छ। सर्लाहीका सभापतिलाई बर्खास्त गर्नका लागि उनीहरूले सभापति शेरबहादुर देउवालाई निवेदनसमेत बुझाएका छन्।

सर्वोच्चले भ्रष्टाचार मुद्दामा दोषी प्रमाणित गरेकाले कांग्रेस सर्लाहीका सभापति सिंहलाई नेपाली कांग्रेसको संशोधित विधान २०७५ को धारा २ को उपधारा १३ को 'क' र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिधिभित्र राखेर कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077