काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाले सभापति बनाए हुने टिप्पणी गरेका छन्।
आइतबार पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा बोल्दै सभापति देउवाले उक्त टिप्पणी गरेका हुन् । पूर्वराजा शाह संवैधानिक राजा बन्न नसक्ने पनि देउवाको भनाइ छ।
सभापति देउवाले भने,‘पूर्वराजा संवैधानिक राजा हुन पनि सक्दैनन्, बरू राप्रपाले पार्टी सभापति बनाए हुन्छ । राजनीति गर्नु छ भने बरू पार्टी खोले भइहाल्यो। नत्र दुस्ख पाउँछन् विचराहरूले।’
राप्रपाले राजसंस्था पुनर्स्थापनालगायत एजेन्डामा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा आन्दोलन अघि बढाउने तयारी गरेको छ।
गत फागुन २५ गते पोखराबाट पूर्वराजा शाह काठमाडौं फर्कदा राजावादीहरूले स्वागत गरेका थिए। तर सभापति देउवाले पूर्वराजालाई लिएर हिँड्दा राप्रपा पछुताउने बताए।