Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेललाई बुझाए सरकारको वार्षिक प्रतिवेदन

प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेललाई बुझाए सरकारको वार्षिक प्रतिवेदन

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन्।

राष्ट्रपति निवास शीतलनिवासमा आज प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेललाई आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझाएका हुन्।

प्रधानमन्त्री ओली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका उच्च अधिकारीहरूसहित पुगेका थिए।

संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077