Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

सहरी विकासमन्त्री सिंहलाई बालेनको सुझाव - गणेशमानको इतिहास माटोमा नमिसाउनू

सहरी विकासमन्त्री सिंहलाई बालेनको सुझाव - गणेशमानको इतिहास माटोमा नमिसाउनू

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई अव्यवस्थित बस्ती कहिले हटाउने भन्दै प्रश्न गरेका छन् ।

आइतबार समाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले अव्यवस्थित बस्ती हटाउने लगायतका कुरा सधैँ कुरामा मात्रै सीमित रहेको बताएका हुन् ।

साथै उनले मन्त्री प्रकाशमानलाई गणेशमान सिंहको इतिहास माटोमा नमिसाउन सुझाव दिए । उनले लेखेका छन्, 'मलाई हराउने नाममा आफ्नो सहर, क्षेत्र र देशचाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला ।'

त्यसअघि उनले अव्यवस्थित बस्ती हटाउनेलगायतका कुरा सधैँ कुरामा मात्रै सीमित रहेको गुनासो गरेका छन् । 'माननीय सहरी विकासमन्त्री प्रकाशमान सिंहज्यू, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैँ कुरामै रह्यो। कहिले गर्ने हो ?' उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077