Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

राजावादीविरुद्ध तत्काल शक्ति प्रदर्शन गर्ने आवश्यकता नरहेको कांग्रेसको निष्कर्ष

राजावादीविरुद्ध तत्काल शक्ति प्रदर्शन गर्ने आवश्यकता नरहेको कांग्रेसको निष्कर्ष

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन बैठकले राजावादीविरुद्ध तत्काल शक्ति प्रदर्शन गर्ने आवश्यकता नरहेको कांग्रेसको निष्कर्ष निकालेको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । जनता नै सार्वभौम भएको बैठकको निष्कर्ष छ ।

पार्टी प्रवक्ता रामशरण महतले राजनीतिक दलहरू राजावादीविरुद्ध प्रदर्शन गर्ने घोषणा गरे पनि कांग्रेस अहिल्यै त्यसतर्फ नजाने बताए ।

संविधानमार्फत नै जनताका आवश्यकता, समस्या र महत्त्वाकांक्षालाई सम्बोधन गर्न सकिने उनको भनाइ छ ।

'सार्वभौम नेपाली जनताद्वारा निर्माण भएको संविधानले नै गणतान्त्रिक राज्य बनाएको हो,' उनले भने, 'जनताद्वारा आएको यस व्यवस्थाप्रति हामी पूर्ण प्रतिवद्ध छौं ।'

प्रधानमन्त्रीसहित विपक्षी दलका नेताले राखेको गणतान्त्रिक मोर्चा आवश्यक नभएको पनि कांग्रेसको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077