Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

जनमत र नाउपा एकता गर्न बनेको कार्यदलको बैठक सुरू

जनमत र नाउपा एकता गर्न बनेको कार्यदलको बैठक सुरू

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकता गर्न बनेको कार्यदलको बैठक सुरू भएको छ ।

जनमत र नाउपाले एकीकरणका लागि गठन गरेको कार्यदलको पहिलो बैठक आइतबार साँझ बसेको हो ।

बैठकमा जनमतका तर्फबाट अब्दुल खान, शरद सिंह यादव र बाल गोविन्द चौधरी सहभागी छन् भने नाउपाबाट गंगा चौधरी, सुनिता चौधरी र रामलाल डगोरा थारू सहभागी रहेका छन् ।

थरूहट, थरूवान आन्दोलनपछि जन्मिएको नाउपा र पृथकतावादी संघर्ष त्यागेर मूल धारको राजनीतिमा आएको जनमत एकीकरणको अन्तिम चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077