Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा गगन थापानिकट चम्लागाईं विजयी

लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा गगन थापानिकट चम्लागाईं विजयी

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित भएका छन्।

मतगणनाको अन्तिम परिणाम अनुसार चम्लागाईंले कुल खसेको ४७० मतमा ३५१ मत प्राप्त गरेका हुन्। गत शुक्रबार केन्द्रीय कार्यालय सानेपामा अधिवेशन भएको थियो।

शुक्रबार नै मतदान भए पनि मतगणना ढिलाइ भएको थियो।अध्यक्षमा निर्वाचित भएका चम्लागाईं महामन्त्री गगन थापानिकट हुन्। चम्लागाईंलाई सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरूको पनि साथ थियो।

महाधिवेशनमा ४७० मत खसेको थियो। उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाईं समूहकै उम्मेदवार निर्वाचित भएका छन्।

उनको समूहबाट उपाध्यक्ष उम्मेदवार बनेका उदयबहादुर लिम्बुले ३३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। यस्तै उपाध्यक्षमा नै अनिता घिमिरे गैह्रे निर्वाचित भइन्।

उनले ३३९ मत प्राप्त गरेकी हुन्। यस्तै महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भएका छन्। खत्रीले ३४९ मत प्राप्त गर्दा पासवानले ३५५ मत पाएर निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077