Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

उड्डयन प्राधिकरणमा भएको नियुक्ति लेनदेनका विषयमा छानबिन गर्न रास्वपा सांसदको माग

उड्डयन प्राधिकरणमा भएको नियुक्ति लेनदेनका विषयमा छानबिन गर्न रास्वपा सांसदको माग

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नागरिक उड्डयन प्राधिकरण र निगममा भएको नियुक्ति लेनदेनका विषयमा छानबिन गर्न माग गरेका छन् ।

सांसद खनालले नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमको अध्यक्ष र महानिर्देशक नियुक्तिमा भएको भ्रष्ट्राचारको छानबिनका लागि समिति बनाउन माग गरेका हुन्।

आज बसेको प्रतिनिधिसभा अन्तरगर्तको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा बोल्दै उनले यस्तो माग गरे।

उनले नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले सार्वजनिक लेखा समितिमा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्रीले भ्रष्ट्राचार भएको स्वीकार गरेकाले छानबिन गर्न समिति बनाउनुपर्ने बताए।

सांसद खनालले सो कुरा पूर्व प्रधानमन्त्री झलनाथ खनालले समेत स्वीकार गरेको उल्लेख्य गरे। उनले अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको क्षेत्राधिकार भित्रको विषय अर्को समितिमा छलफल हुने तर यो समितिमा नभएको गुनासो गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077