Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

ओलीलाई जोडेर नेपाल-भारत सम्बन्धमा आशंका फैलाइयो : एमाले

ओलीलाई जोडेर नेपाल-भारत सम्बन्धमा आशंका फैलाइयो : एमाले

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । नेकपा एमालेले पार्टी सचिवालय बैठक र प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्। उनले राजावादीहरूको केही दिन अगाडिको प्रदर्शनलाई लिएर प्रधानमन्त्री ओलीले बोलेको भनेर प्रकाशित गरिएका विषय निराधार र अतिरञ्जित भएको स्पष्ट पारे।

त्यस्ता समाचारले अनावश्यक सनसनी फैलाउने एवं नेपाल र भारत बिचको युगौं पुरानो सम्बन्धमा आशंका बढाउने दुराशय बोकेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, 'नेकपा (एमाले)को हालै सम्पन्न सचिवालय बैठकसँग सम्बन्धित विषयमा केही नेपाली र विदेशी मिडियाहरूमा प्रकाशित समाचारबारे हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ | पूर्वराजावादीहरूको केही दिन अगाडिको प्रदर्शनलाई लिएर प्रधानमन्त्रीले भन्नुभएको भनेर प्रकाशित गरिएका विषय निराधार र अतिरञ्जित छन् । तिनले अनावश्यक सनसनी फैलाउने एवं नेपाल र भारत बिचको युगौं पुरानो सम्बन्धमा आशङ्का बढाउने दुराशय बोकेका छन्।'

संसारका कुनै पनि लोकतान्त्रिक मुलुक र जनता लोकतन्त्रका ठाउँमा निरङ्कुशतन्त्रलाई प्रश्रय दिन सहमत हुन सक्दैनन् भन्ने कुरामा एमाले स्पष्ट रहेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजावादीको आन्दोलनमा भारतको भूमिका रहेको भनेर ब्रिफिङ गरेको भन्ने खालका समाचारहरू बाहिर आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077