काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजतन्त्रसँग संवैधानिक भएर बस्ने क्यारेक्टर नै नभएको बताएका छन्।
नेपाली कांग्रेस, सुनसरीले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन्।
राजतन्त्रसँग संवैधानिक भएर बस्ने क्यारेक्टर नै नभएको भन्दै महामन्त्री थापाले भने, ०१५ सालमा बीपी कोइराला प्रधानमन्त्री बनेपछि महेन्द्रले स्वीकारेर बसेको भए संवैधानिक राजतन्त्र हुन्थ्यो।'
उनले नेपाली कांग्रेस नेपालमा राजतन्त्र र गणतन्त्र सँगसँगै जान सक्दैन भन्ने निष्कर्षमा पुगेपछि परिवर्तन भएको बताए।