Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

बालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल

बालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सिंहदरबारमा छलफल सुरु भएको हो।

तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि छलफलमा सहभागी छन्।

प्रधानमन्त्री ओलीले टीआरसीबारे छलफल गर्न अघिल्लो साता नै प्रयास गरे पनि विपक्षी दलका नेता प्रचण्डले समय नदिँदा सम्भव नभएको संसदमा बताएका थिए ।

सङ्क्रमणकालीन न्यायका लागि कानुन बने पनि बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग आयोग गठन हुन सकेका छैनन्।

सिंहदरबार जानुअघि माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077