Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

संक्रमणकालीन न्याय टुंग्याउन पुनः सिफारिस समिति बनाउन शीर्ष नेता सहमत

संक्रमणकालीन न्याय टुंग्याउन पुनः सिफारिस समिति बनाउन शीर्ष नेता सहमत

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । प्रमुख दलका तीन शीर्ष नेताहरू संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन फेरि सिफारिस समिति गठन गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको शीर्ष नेतृत्वको छलफलले संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने समिति गठनको प्रक्रिया अघि बढाउन सहमत भएका हुन् ।

यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित यस्तै समितिले कुनै पनि पदाधिकारीहरूको नाम सिफारिस गर्न सकेको थिएन ।

उक्त समितिको म्याद सकिएपछि संक्रमणकालीन न्यायको प्रक्रिया अवरुद्ध थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077