Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

गभर्नर नियुक्ति सिफारिस गर्न सरकारले गठन गर्‍यो समिति

गभर्नर नियुक्ति सिफारिस गर्न सरकारले गठन गर्‍यो समिति

सोमवार , चैत्र १०, २०८१

काठमाडौँ । सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिस गर्नका लागि अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सिफारिस समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले अर्थमन्त्री पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेललाई सदस्य चयन गरेको छ ।

यस्तै सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि बर्खास्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077