काठमाडौं । रास्वपाका पूर्वमहामन्त्री डा. मुकुल ढकालले केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवाले एकसाथ सक्रिय राजनीतिबाट सन्न्यास नलिए देशमा जे पनि हुन सक्ने चेतावनी दिएका छन् ।
सोमबार साँझ ढकालले सामाजिक सञ्जाल फेसबूकमार्फत यस्तो चेतावनी दिएका हुन् ।
अगाडि उनी लेख्छन्,'ओली, देउवा र प्रचण्ड तीनै नेताले एकसाथ सक्रिय राजनीतिबाट सन्न्यास लिएको घोषणा गरे सम्भावित मुठभेड रोकिन सक्छ । अन्यथा देशमा अब जे पनि हुनसक्छ ।'
आज मात्रै ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो ।