Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

टीआरसीमा पदाधिकारी सिफारिस गर्न पुरानै समितिलाई निरन्तरता

टीआरसीमा पदाधिकारी सिफारिस गर्न पुरानै समितिलाई निरन्तरता

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । सरकारले संक्रमणकालीन न्याय निरुपण (टीआरसी)का निम्ति यसअघि म्याद सकिएको सिफारिस समितिलाई नै निरन्तरता दिएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि गठित समिति सिफारिस नै गर्न नसकी बिदा भएपछि ‘सर्च कमिटी’ बनाउने विषयमा सोमबार प्रमुख दलबीच समझदारी बनेको थियो ।

विगतमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा बनाएको सर्च कमिटी दरखास्त आह्वान गरेर नाम संकलनपछि विघटन भएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि नै बनेको समितिलाई निरन्तरता दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077