काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नगरपालिकाका सरसफाई कर्मचारीहरूले तीन महिनादेखि तलब नपाएको विषयमा आक्रोश व्यक्त गरेका छन् ।
उनले समाजिक सञ्जाल फेसबुकमार्फत सोमबार राति अबको एक हप्ताभित्र तलब नपाए सबैलाई टुकुचामा गाड्ने धम्की दिएका हुन् ।
उनले भने, 'सरकारको दम्भका कारण हाम्रो कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्। को-कोले के-के आन्दोलन गर्छन् थाहा छैन, तर अबको एक हप्ताभित्र तलब नपाए सबैलाई टुकुचामा गाड्नेछु ! त्यसपछि हेर्छौं तिम्रो के तन्त्र हो ।'
सरकारले तीन महिनासम्म महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा समस्या देखिएको छ ।