Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कुलमानलाई हटाएकोप्रति शेखर कोइरालाको प्रतिक्रिया – कांग्रेसले स्वामित्व लिनै हुन्न

कुलमानलाई हटाएकोप्रति शेखर कोइरालाको प्रतिक्रिया – कांग्रेसले स्वामित्व लिनै हुन्न

मंगलवार , चैत्र ११, २०८१

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति सर्वत्र विरोध भएको छ ।

सत्तारुढ दलहरूले पनि सरकारको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि यस कदमलाई सरकारको कुशासनको निरन्तरताको अर्को कडी भनेका हुन् । उनले कुलमान घिसिङलाई हटाउने स्वामित्व कांग्रेसले लिन नसक्ने बताए ।

उनले लेखेका छन्– 'कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कति दिन चल्ने र चलाउने रु विनाशकाले विपरीत बुद्धि ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077