Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

गगन र विश्वप्रकाशलाई ज्ञानेन्द्र शाहीको चुनौती - उर्जामन्त्रीलाई फिर्ता बोलाएर कारबाही गर्नुहोस्

गगन र विश्वप्रकाशलाई ज्ञानेन्द्र शाहीको चुनौती - उर्जामन्त्रीलाई फिर्ता बोलाएर कारबाही गर्नुहोस्

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसद्वय र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कडा टिप्पणी गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयप्रति टिप्पणी गरेका हुन् ।

उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई उर्जामन्त्री दीपक खड्कालाई फिर्ता बोलाउन चुनौती दिए ।

उनले लेखेका छन्, 'यदि साँच्चै तपाईँहरू कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न चाहनुहुन्छ भने, उहाँलाई हटाउने मन्त्रीलाई फिर्ता बोलाउनुहोस् र कारबाही गर्नुहोस्। चाबी-ताला तपाईहरुकै हातमा छ।'

त्यस्तै, प्रचण्डलाई पनि उनले गोहीको जस्तो आँसु नझार्न सुझाव दिएका छन् । उनले भने, 'यदि साँच्चै कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न चाहनुहुन्छ भने, हिजो सिंहदरबारमा गोप्य रूपमा गरिएको टिआरसी विधेयक सम्झौता कांग्रेस र एमालेसँग तोड्नुहोस्। होइन भने, हात्तीका दुई दाँतजस्तो देखाउने र चपाउने छुट्टाछुट्टै व्यवहार नगर्नुहोस्। गोहीको आँसु नझार्नुस्।'

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि सरकारको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077