Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

दुर्गा प्रसाईंको आन्दोलनलाई नवराज सुवेदीको समर्थन

दुर्गा प्रसाईंको आन्दोलनलाई नवराज सुवेदीको समर्थन

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको चैत १५ गतेको जनप्रदर्शनलाई नवराज सुवेदीले पूर्ण समर्थन जनाएका छन्।

सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समिति’ ले उक्त प्रदर्शनलाई औपचारिक रूपमै समर्थन गरेको हो ।

सुवेदीले आज एक विज्ञप्ति जारी गर्दै चैत १५ गतेको जनप्रदर्शनलाई सफल बनाउन सबै पक्षसँग सक्रिय सहभागिताको आह्वान गरेका छन्।

सुवेदीले विज्ञप्तिमा भनेका छन्,‘आउँदो शुक्रबार राजधानीमा हुने विशाल जनप्रदर्शनमा सहभागी भई समर्थन जनाउन सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी, संघीयताविरोधी तथा आम नागरिक, राजनीतिक पार्टी र समूहहरूसँग हार्दिक अपील गर्दछु। देश बचाउन र पुनर्निर्माण गर्न अब हामीसँग अर्को कुनै विकल्प बाँकी छैन ।’

अबदेखि राजधानी केन्द्रित राजसंस्था पुनःस्थापना सम्बन्धी हरेक आन्दोलन र प्रदर्शनमा संयुक्त जनआन्दोलन समितिको पूर्ण समर्थन र सहकार्य रहने विज्ञप्तिमा स्पष्ट पारिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077