Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कुलमानलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने - तिललाई पहाड बनाउने काम हुँदैछ

कुलमानलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने - तिललाई पहाड बनाउने काम हुँदैछ

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि खनिएका छन् ।

सुजाता कोइरालाद्वारा ‘म र सानोबुवा’ शिर्षकको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले घिसिङमाथि खनिएका हुन् ।

प्रधानमन्त्री ओलीले कुलमानले बिजुली, चिम र ट्रान्समिसन लाइन कहिले बोकेर ल्याए भन्दै प्रश्न गरे।

प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्षित गर्दै तिललाई पहाड बनाउने काम भइरहेको बताए ।

प्रधानमन्त्री ओलीले देश र जनताको हितको लागि इमानदारिताका साथ काम गरिरहेको बताए ।

उनले इस्यु पायौँ भन्ने हिसाबले केही समूहहरूले विरोध सुरू गरिसकेको बताए। आफूले आइडोलोजी नभई देशप्रतिको निष्ठा हेर्ने गरेको र देश सबैको साझा भएको बताए।

उनले माओवादी अध्यक्ष प्रचण्ड लक्षित स्टाटसमा इङ्गित गर्दै हितेन्द्रदेव शाक्यलाई निकम्मा बनाएर राखेर रिटायर्ड भएको कुलमानलाई नियुक्त गरिएको समेत बताए ।

वर्षौं लगाएर केही काम गरिएको कामलाई चमत्कार जादुको तुलनामा व्याख्या गर्ने भन्दै प्रधानमन्त्री ओलीले कसैलाई पनि यस्ता कुराहरूको भ्रममा नपर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077