Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कुलमानको समर्थनमा भएको प्रदर्शन सामान्य हो : सञ्चारमन्त्री गुरुङ

कुलमानको समर्थनमा भएको प्रदर्शन सामान्य हो : सञ्चारमन्त्री गुरुङ

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कुलमान घिसिङको पक्षमा सडक र सञ्जालमा भइरहेको विरोध प्रदर्शनलाई सामान्य रुपमा लिइएको बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन्।

सरकारले गरेका निर्णयमा असहमति जनाउने अधिकार सबैमा हुने भन्दै त्यसलाई सरकारले अन्यथा नलिएको उनको भनाइ छ।

सञ्चारमन्त्री गुरुङले भने,‘सरकारले गर्ने गरेको निर्णयमा असहमति जनाउने अधिकार छ । वक्तावय दिन सक्छ, त्यसलाई हामीले अन्यथा मानेका छैनौं।’

सञ्चारमन्त्री गुरुङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङको पक्षमा सडक र सञ्जालमा भइरहेको विरोध प्रदर्शनलाई सामान्य रुपमा लिइएको बताए।

उनले नाफा–नोक्सान भन्ने कुरा नहुने र लोकतन्त्रमा मानिसहरू सडकमा निस्कने अधिकार सुरक्षित रहेको पनि बताए।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशमा घिसिङ हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।

यसप्रति सत्ता साझेदार दल नेपाली कांग्रेस नै विभाजित देखिएको छ।

प्रमुख प्रतिपक्षी लगायत विपक्षी दल सडकमै निस्किएर विरोध जनाइरहँदा मन्त्री गुरूङले सरकारले आफ्नो अधिकार प्रयोग गरेर निर्णय लिएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077