काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि राप्रपाले काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
मङ्गलबार काठमाडौंमा बसेको आन्दोलन मूल समितिको बैठकले चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।
विसं २०८२ साल वैशाख ७ गतेबाट निरन्तर रूपमा राजधानी केन्द्रित आन्दोलन हुने आन्दोलन मूल समितिले जनाएको छ ।
त्यस्तै, राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा र सङ्घीयताको विपक्षमा सबैले गर्ने आन्दोलनमा राप्रपाले समर्थन गर्ने पनि निर्णय भएको छ ।
चैत १५ गते काठमाडौंमा दुर्गा प्रसाईंले आयोजना गरेको कार्यक्रममा पनि राप्रपा सहभागी हुने बताइएको छ ।