Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पाटन क्याम्पसमा चैत १६ गते स्ववियु निर्वाचन गर्ने सहमति, अनशन स्थगित

पाटन क्याम्पसमा चैत १६ गते स्ववियु निर्वाचन गर्ने सहमति, अनशन स्थगित

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । पाटन संयुक्त क्याम्पसमा अवरुद्ध भएको स्ववियू निर्वाचन चैत १६ गते हुने भएको छ ।

स्ववियु निर्वाचन सुनिश्चितताको माग राख्दै अखिल (क्रान्तिकारी) पाटन क्याम्पसका उपाध्यक्ष तथा स्ववियु सचिव पदका उम्मेदवार टीकाराम खत्रीले रिले अनशन थालेका थिए ।

अन्तः स्ववियु निर्वाचन समितिले सूचना जारी गर्दै चैत १६ गते निर्वाचनको मिति तोकेको हो । योसँगै रिले अनशन पनि स्थगित गरिएको छ ।

अनशनरत खत्रीसँग क्याम्पसले तीन बुँदे सहमति गरेको छ । स्ववियु निर्वाचन निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्ने, शान्ति सुरक्षा कायम गर्न विशेष व्यवस्था गरिने र स्ववियु निर्वाचनको मिति चैत १६ गतेका लागि तोक्ने सहमति भएको थियो ।

चैत १६ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने बताइएको छ । यसअघि चैत ५ मा हुने भनिएको चुनाव विद्यार्थी संगठनहरुको विवादले रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077