Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक जारी

गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक जारी

बुधवार , चैत्र १२, २०८१

काठमाडौँ । संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक जारी छ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बैठक बसिरहेको हो ।

स्रोतका अनुसार बैठकमा चैत १५ गते सङ्घीय राजधानी काठमाडौँमा गर्न लागिएको आन्दोलनको विषयमा छलफल हुनेछ ।

साथै सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे पनि छलफल भइरहेको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल, नेसपा अध्यक्ष महिन्द्रा राय यादवलगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077