Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कुलमानलाई हटाउनु गलत : बाबुराम भट्टराई

कुलमानलाई हटाउनु गलत : बाबुराम भट्टराई

बिहिवार , चैत्र १३, २०८१

दाङ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङले राम्रो काम गरिरहेकाले अहिलै हटाउनु गलत भएको बताएका छन्।

रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले बिहीबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले आफू सरकारको नेतृत्वमा भएको भए कुलमानलाई पूरा अवधि काम गर्न दिने बताए।

उनले भने–‘म भएको भए उनलाई चार महिनाको अवधि पूरा गरेपछि बिदाइ गर्थे । अहिलै उनलाई चलाउनु सही थिएन।’

उनले संस्थान, प्राधिकरणजस्ता राज्यका अर्धस्वायत्त अंगहरूमा दलीय हस्तक्षेप र नियन्त्रण हुनु हुँदैन भनेर थिति बसालेको भए पनि पछिल्लो समय त्यो भत्किएको बताए। यस्ता समस्या विधिले हल गर्नको लागि आफू सरकारको नेतृत्वमा छँदा संस्थान निर्देशन बोर्ड गठन गरेको पनि उनले स्मरण गरेका थिए।

कुलमानलाई हटाएकोबारे सरकारले जवाफ दिनुपर्ने पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077