Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

अन्ततः एउटै मन्चमा ओली, देउवा र प्रचण्ड

अन्ततः एउटै मन्चमा ओली, देउवा र प्रचण्ड

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । प्रमुख ३ ठूला दलको नेतृत्व आज एउटै कार्यक्रममा उपस्थित भएका छन् । नेपालको संक्रमणकालीन न्यायसम्बन्धी कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएका हुन् ।

‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनको तीन शीर्ष नेताले संयुक्त उद्घाटन गरे । सम्मेलनमा उनीहरू तीनैजनाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउने क्रममा कसैले पनि राजनीति गर्न नहुने बताए । द्वन्द्व पीडितहरुलाई केन्द्रमा राखेर संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउनुपर्छ भन्नेमा प्रमुख दलहरुबीच विमती नभएको बताएका उनले नेपालको शान्ति प्रक्रिया मौलिक ढंगले अगाडि बढेको भन्दै द्वन्द्व पीडितहरुलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्रै शान्ति प्रक्रियालाई दिगो बनाउन सकिने धारणा राखे ।

उनले भने–‘अहिले पनि राजनीतिक दलहरुबीच विवादहरु छन् । प्रमुख दलहरु नै पनि कोही सत्तापक्षमा छौं, कोही प्रतिपक्षमा छौं, विवाद चलिरहेको छ, सदनमा बहस भइरहेको छ, थुप्रैथुप्रै कुराहरु छ । तर तमाम विवाद र विमतीका बीच पनि शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्छ भन्नेमा इनप्रिन्सिपल हामी कहिल्यै पनि विवादमा भएनौं ।’

कार्यक्रममा संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसद, द्वन्द्वपीडितका प्रतिनिधि लगायत सहभागी छन् ।

समयको चाप रहेको भन्दै पूर्व प्रधानमन्त्री प्रचण्ड भने आफ्नो मन्तव्य राखेर कार्यक्रमबाट बाहिरिसकेका छन् । एभरेष्ट होटलमा बानेश्वरमा अहिले सम्मेलन चलिरहेको छ । गएको सोमबार मात्रै तीन जना शीर्ष नेताले संक्रमणकालीन न्यायका संयन्त्रमा पदाधिकारी छनोट गर्ने सहमति जुटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077